Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गृहको कर्मचारी भन्दै प्रहरी कार्यालयमा फोन गरी धम्क्याएपछि...

गृहको कर्मचारी भन्दै प्रहरी कार्यालयमा फोन गरी धम्क्याएपछि...

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । गृह मन्त्रालयको कर्मचारी हुँ भनी झुटो परिचय दिई विभिन्न प्रहरी कार्यालयहरूमा फोन गरेर धम्की दिने एकजना पक्राउ परेका छन् ।

गृह मन्त्रालयबाट प्राप्त आदेशअनुसार खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नं. ०१, नक्सालबाट भक्त बहादुर रायमाझीलाई पक्राउ गरेको हो ।

रायमाझी पाल्पा जिल्लाको नैनादेवी गाउँपालिका वडा नं. ०७ स्थायी बासिन्दा हुन्। हाल उनी काठमाडौँको नक्सालमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार रायमाझीले गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै विभिन्न प्रहरी कार्यालयहरूमा फोन गरेर झुटा कुरा गरी धम्की दिने कार्य गर्दै आएका थिए।

सोही आरोपमा उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँमा पठाइएको छ।

प्रहरीले झुटा परिचय र धम्की जस्ता क्रियाकलापलाई गम्भीर रूपमा लिँदै आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077