Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे ८ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मिति २०८२ साउन २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरू सहभागी हुने सम्मेलन आयोजना सम्बन्धमा वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ ।

बिहान साढे ८ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ ।

बिहान साढे १० बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा २३औँ वार्षिक प्रतिवेदनको मस्यौदा वितरण हुनेछ ।

बिहान ९ बजे सुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077