Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बाम्का बजार आगलागी : झन्डै ४० वटा पसल जले

बाम्का बजार आगलागी : झन्डै ४० वटा पसल जले

शनिवार , जेठ २५, २०८२

बाजुरा । बुढीगङ्गा नगरपालिका ६ मा पर्ने बाम्का बजारमा भीषण आगलागी भएको छ ।

हिजो दिउँसो ग्यास सिलिण्डर पड्किँदा भएको आगलागी बेलुकी मात्रै नियन्त्रणमा आएको थियो । दमकल नभएको र हावाहुरी पनि चलेका कारण आगो समयमै निभाउन सकिएको थिएन ।

बजारको एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीबाट झन्डै ४० वटा पसल जलेर नष्ट भएको छ ।

विस्थापित परिवार छिमेकीमो आश्रय लिएर बसेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।

आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077