Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बर्खा लागिसक्यो, अब ठुलो आन्दोलनको समय छैन : राजेन्द्र लिङदेन

बर्खा लागिसक्यो, अब ठुलो आन्दोलनको समय छैन : राजेन्द्र लिङदेन

शनिवार , जेठ २५, २०८२

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बर्खा लागिसकेकाले अब उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन् ।

शनिबार झापाको हल्दिबारीमा सञ्चारकर्मीसँग उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दुराष्ट्रका निम्ति मात्र नभएको जिकिर गरे । अध्यक्ष लिङ्देनले बर्खा लागिसकेकाले ठुलो आन्दोलनको समय अहिले नरहेको बताए । उनले उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्ने बताए ।

अध्यक्ष लिङदेनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनर्स्थापना, हिन्दुराज्यसँगै देशमा सुशासन र विकासका निम्ति पनि भएको बताए ।

जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताले देशमा नेतृत्व गरिरहेकाले त्यो परिवर्तनको आवश्यकता रहेको उनको भनाइ थियो ।

संविधानमा रहेका कतिपय विषयमा पार्टीको फरक मत रहे पनि केही राम्रा रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077