Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एलन मस्कसँगको सम्बन्ध समाप्त भएको ट्रम्पको घोषणा

एलन मस्कसँगको सम्बन्ध समाप्त भएको ट्रम्पको घोषणा

आइतवार , जेठ २६, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अब अन्त्य भएको बताएका छन् ।

शनिबार एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन् । मस्कसँगको सम्बन्ध अन्त्य भएको हो ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘त्यस्तै हो भन्ने लाग्छ।’

ट्रम्पको यो प्रतिक्रिया मस्कसँगको सार्वजनिक मतभेदपछि आएको हो, जुन सामाजिक सञ्जालमा चर्किएको थियो।

मस्कले ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि विवाद चर्किएको छ। यो विधेयक ट्रम्प प्रशासनको मुख्य घरेलु नीति हो।

एलन मस्कले ट्रम्पको चुनावी अभियानका लागि करोडौं डलर सहयोग गरेका थिए र ह्वाइट हाउसमा सल्लाहकारका रूपमा पनि काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077