Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

देशभरका निजामती कर्मचारी अनिश्चितकालीन आन्दोलनमा

देशभरका निजामती कर्मचारी अनिश्चितकालीन आन्दोलनमा

आइतवार , जेठ २६, २०८२

काठमाडौं । देशभरका निजामती कर्मचारीहरु हातमा कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा होमिएका छन् ।

निजामती कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका कर्मचारीहरुले अनिश्चितकालीन आन्दोलन थालेका हुन् ।

‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा कर्मचारीहरुले आजदेखि अनिश्चितकालीन आन्दोलन थालेका हुन् ।

निर्देशक समितिमा नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन् ।

यो निर्देशक समितिको जेठ २० गतेको बैठकले संघीय निजामती सेवा ऐन प्राप्तिका लागि आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

सो बैठकले जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका सबै राष्ट्रसेवक कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आजदेखि देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर आन्दोलन सुरु गरेका हुन् । यद्यपी सेवा प्रवाह भने भइरहेको कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077