Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अमेरिकाबाट डिपोर्ट गरिएका ५० नेपाली पाँच बजे काठमाडौं आइपुग्दै

अमेरिकाबाट डिपोर्ट गरिएका ५० नेपाली पाँच बजे काठमाडौं आइपुग्दै

आइतवार , जेठ २६, २०८२

काठमाडौं । अवैधरुपमा अमेरिकामा पुगेका नेपालीलाई अमेरिकाले चार्टड जहाजमार्फत आज नेपाल ल्याउँदैछ।

अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका झण्डै ५० जना नेपालीलाई निष्कासन गरी विशेष चार्टड विमानमार्फत अमेरिकाले नेपाल फर्काउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार डिपोर्ट गरिएका नेपालीहरू आज दिउँसो ४ बजेतिर ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्दै छन्।

विशेष चार्टड जहाजमा ल्याइएका नेपालीलाई काठमाडौंमा छाडेर उक्त जहाज भारतको नयाँ दिल्ली फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिन अगाडि अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू धमाधम निष्कासनमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077