Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दाङमा बस दुर्घटना हुँदा २को मृत्यु, ३५ जना घाइते

दाङमा बस दुर्घटना हुँदा २को मृत्यु, ३५ जना घाइते

आइतवार , जेठ २६, २०८२

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

दुर्घटनामा दंगीशरण गाउँपालिका–१ सिमलताराका २५ वर्षीय नारायण भण्डारी र शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

दंगीशरण गोल्टाकुरीबाट तुलसीपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस ना ४ ख ४००९ नम्बर र तुलसीपुरबाट बखरिया जाँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा यात्रुबाहक बस करिब सडकदेखि करिब ५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरू सबैलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ।

दुवै बसका चालकहरूलाई प्रहरी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077