Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भारतको मणिपुर फेरि अशान्त, विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी

भारतको मणिपुर फेरि अशान्त, विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी

सोमवार , जेठ २७, २०८२

एजेन्सी । भारतको मणिपुरमा अशान्त बनेको छ । मैतेई जातिको स्वयंसेवक सङ्गठन ‘अरम्बाई टेंगोल–एटी’ का एक प्रमुख नेता कनान सिंहलाई प्रहरीले पक्राउ गरेपछि अस्ति शनिवार रातिदेखि फेरि मणिपुर अशान्त बनेको हो ।

नेता कनानका समर्थकहरुले सडकमा प्रदर्शन गरिरहेका छन् । धेरै मुख्य सडक बन्द भएका छन् । प्रदर्शनकारीहरुले सडकमा टायर बालेर अवरुद्ध गरेका छन् भने बसमा आगो समेत लगाएका छन् ।

उनीहरुले रातको समयमा समेत प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण हिंसा फैलिने जोखिम बढेको भन्दै सुरक्षाकर्मी परिचालन भएका छन् । कतिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको र तीन जना घाइते भएको बताइएको छ ।

यसैबीच मणिपुरका पाँच जिल्लामा पाँच दिनका लागि इन्टरनेट सेवा बन्द गरिएको छ । प्रहरीले एउटा जिल्लामा कर्फ्यु र अरू चार वटा जिल्लामा निषेधाज्ञा समेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077