Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सडकमा सामान बेच्ने ३ गाडीलाई काठमाडौं महानगरपालिकाले तिरायो ४५ हजार जरिबाना

सडकमा सामान बेच्ने ३ गाडीलाई काठमाडौं महानगरपालिकाले तिरायो ४५ हजार जरिबाना

सोमवार , जेठ २७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना गरेको छ ।

सडकमा गाडी रोकेर सामान बिक्री गरेको भन्दै ३ सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

महानगर प्रहरी टोलीले वडा नम्बर १५ स्वयम्भूस्थित सवारी आवागमन तथा पैदल यात्रुलाई असहज हुने गरी सडक पेटी अतिक्रमण गरेर सामान बेचेको भन्दै १५ हजारका दरले ४५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077