Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भारतले दियो नेपालका ३३ जिल्लामा ४० एम्बुलेन्स

भारतले दियो नेपालका ३३ जिल्लामा ४० एम्बुलेन्स

शनिवार , जेठ ३२, २०८२

काठमाडौं । भारत सरकारले नेपालका सातवटै प्रदेशका ३३ जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई ४० वटा एम्बुलेन्स प्रदान गरेको छ। 

भारतीय दूतावासले शनिबार जारी गरेको विज्ञप्ति अनुसार ती एम्बुलेन्सहरू काठमाडौं, पोखरा, धरान र वीरगञ्जमार्फत सम्बन्धित संस्थाहरूलाई हस्तान्तरण गरिएको हो ।

दूतावासका अनुसार काठमाडौंमा आयोजित कार्यक्रममा २२ वटा एम्बुलेन्स दूतावासमार्फत् हस्तान्तरण गरिएका हुन् भने बाँकी एम्बुलेन्स वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास, पोखराको भारत सरकारका प्रतिनिधि कार्यालय र धरानमार्फत् हस्तान्तरण गरिएको हो ।

भारत सरकारले विगत तीन दशकदेखि नेपालभरका विभिन्न सामाजिक संस्थालाई एम्बुलेन्स र स्कूल बस उपहार दिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077