एजेन्सी । इरानले अमेरिका, फ्रान्स र बेलायतलाई इजरायललाई सहयोग नगर्न चेतावनी दिएको छ ।
इरानको सरकारी मिडियाले यो जानकारी दिएको छ ।
यदि, यी तीन देशले इजरायललाई समर्थन गरेमा इरानले ती मुलुक सम्बन्धित सैन्य अड्डा र विमानहरूलाई निसाना बनाउने जनाइएको छ ।
इरानी आक्रमणको प्रतिक्रियामा इजरायलको सुरक्षा प्रयासका बारेमा गरिएको टिप्पणीका बारेमा बेलायतले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर, बेलायतले कुनै सैन्य कारबाहीमा भाग नलिएको जनाइएको छ ।