Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

केदारनाथमा तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना, सबै यात्रुको मृत्यु

केदारनाथमा तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना, सबै यात्रुको मृत्यु

आइतवार , आषाढ १, २०८२

एजेन्सी । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सवार सबै यात्रुको मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए ।

गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो ।

दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हो। हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077