Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रकाशशरण महतले बजेट बारे भने - आम्दानीको स्रोत जुटाउन गाह्रो हुनेमा दुई मत छैन्

प्रकाशशरण महतले बजेट बारे भने - आम्दानीको स्रोत जुटाउन गाह्रो हुनेमा दुई मत छैन्

आइतवार , आषाढ १, २०८२

काठमाडौं । नेपाली कांग्रेस सांसद डा. प्रकाशशरण महतले बजेटमा उल्लेख गरिएको आम्दानीको स्रोत जुटाउन गाह्रो हुनेमा दुई मत नरहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने बताएका हुन् ।

बजेटले आम्दानीको स्रोत देखाए अनुसारको आम्दानी नजुट्ने बताउँदै उनले भने, ‘आय ऋणबाट होस्, अनुदानबाट होस् या राजश्वबाट प्राप्त हुने जुन विनियोजन छ, त्यो किसिमको आय नहुने हुनाले विनियोजनमा पनि अवश्य समस्या हुने कुरामा दुई मत छैन ।’

अन्तर्राष्ट्रिय अनुदान आफूहरूले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था नरहेको र वैदेशिक ऋण पनि सोही हिसाबले कार्यान्वयन हुने अवस्था नरहेको उनको भनाइ थियो ।

आगामी बजेटले सामाजिक सुरक्षा भत्तामा समसामयिक रूपमा सुधार गरेर केही बचत गर्ने कोशिस गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077