Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तथ्यहीन सामग्री प्रस्तुत गर्ने टिकटकर पक्राउ

तथ्यहीन सामग्री प्रस्तुत गर्ने टिकटकर पक्राउ

आइतवार , आषाढ १, २०८२

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा तथ्यहीन र भ्रामक सामग्री प्रसारण गरी जातीय तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याउने एक युवती पक्राउ परेकी छन ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुर बस्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई भक्तपुरबाट पक्राउ गरिएको हो ।  

साइबर ब्यूरोका अनुसार बस्नेतले टिकटकमा नियमित र नियोजित रूपमा प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी आधारहीन र भ्रामक विषयवस्तु प्रसारण गर्दै आएकी थिइन्।

यस्ता सामग्रीले व्यक्ति, संस्था र सम्प्रदायप्रति नकारात्मक धारणा फैलाउनुका साथै चरित्र हत्या गरेको उजुरीका आधारमा प्राविधिक विश्लेषण र अनुसन्धान गरिएको थियो। 

अनुसन्धानबाट बस्नेतको संलग्नता पुष्टि भएपछि उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ गरिएको ब्यूरोले जनाएको छ।  

हाल उनलाई जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077