Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

न्याय, कानुन र सरकारी वकिल समूहका २६५ कर्मचारीहरूको सरूवा, को कहाँ ?

न्याय, कानुन र सरकारी वकिल समूहका २६५ कर्मचारीहरूको सरूवा, को कहाँ ?

आइतवार , आषाढ १, २०८२

काठमाडौं । न्याय सेवा आयोगले एकैपटक न्याय, कानुन तथा सरकारी वकिल समूहका २६५ जना कर्मचारीको सरुवा, बढुवा र पदस्थापन सम्बन्धी निर्णय गरेको छ।

आइतबार बसेको आयोगको बैठकले ठूलो संख्यामा कर्मचारी व्यवस्थापनको निर्णय गर्दै सरुवालगायत पदोन्नति गरेको हो

निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा पाराश्वर ढुंगानालाई सिफारिस गरिएको छ।

यसअन्तर्गत, न्याय समूहतर्फ राजपत्राङ्कित प्रथम श्रेणीका ३ जना, सरकारी वकिल समूहका ७ जना, न्याय सेवा समूहकै राजपत्राङ्कित द्वितीय श्रेणीका ७ जना, सरकारी वकिल समूहका ५६ जना, न्याय समूहतर्फ राजपत्राङ्कित तृतीय श्रेणीका ५७ जना र सरकारी वकिल समूहका ९७ जना गरी कुल २६५ जनाको सरुवा गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077