Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सङ्घीय निजामती विधेयक आज पारित गरिंदै

सङ्घीय निजामती विधेयक आज पारित गरिंदै

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । सङ्घीय निजामती विधेयक आज पारित गरिने भएको छ ।

आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

मन्त्री गुप्ताले विधेयक पेश गरेलगत्तै आवश्यक छलफलपश्चात आजै पारित गर्ने तयारी छ ।

गत आइतबार राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन’ प्रतिनिधि सभा बैठकमा पेश गरेका थिए ।

प्रतिनिधि सभाको २०८१ जेठ १५ गतेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो ।

विधेयकमा १५३० वटा संशोधन प्रस्ताव परेको थियो । विधेयक प्रतिवेदन समितिबाट पारित गर्दासम्म समिति र उपसमिति गरी ४७ वटा बैठक सञ्चालन भएको थियो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेको विधेयक सभामुखले प्रमाणीकरण गरेपछि राजपत्रमा छापिनेछ । त्यसपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077