काठमाडौ । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई आफैं स्वनियमनमा बस्न आग्रह गरेका छन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोध स्वरुप नीलो स्कार्फ लगाएर संसद्मा छिरेका रास्वपाका सांसदहरुलाई उनले यस्तो आग्रह गरेका हुन् ।
प्रमुख सत्तारुढ नेपाली कांग्रेसले विरोधमा उत्रिएका रास्वपा सांसदहरूलाई संसद् बैठकबाट निष्काशन गर्नमाग गरेका सन्दर्भमा घिमिरेले ध्यानाकर्षण भएको भन्दै यस्तो जवाफ दिएका हुन् ।
कागं्रेससहित अन्य दलले पनि संसद्मा क्रमशः अमर्यादित गतिविधि बढिरहेको भन्दै नियन्त्रणका लागि आग्रह गरेको सन्दर्भमा सभामुखको यस्तो जवाफ दिएका थिए ।
सभामुख घिमिरेले भने, ‘यसबारेमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । संसदीय मर्यादाभित्र बस्नु स्वयम् सांसद र राजनीतिक दलहरूको कर्तव्य हो । म यसबारे स्वनियमनको पक्षमा रहेको छु ।’