Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

धरानका मेयर साम्पाङ र उपमेयर बेघाका समर्थकबीच झडप

धरानका मेयर साम्पाङ र उपमेयर बेघाका समर्थकबीच झडप

मंगलवार , आषाढ ३, २०८२

माकाठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेरयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ ।

सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए ।

धरानका मेयर राईले चलाएको श्रमदान अभियानको डोर हाजिर गरी उपमहानगरपालिकाबाट भुक्तानी लिन खोजेपछि उपमेयर बेघाले विरोध जनाएका थिए।

त्यसपश्चात् मेयर राईले आफ्ना समर्थकलाई कार्यालय बोलाएर आफूलाई आक्रमणको प्रयास गरेको बेघाले आरोप लगाएका छन्।

त्यसपश्चात आक्रोशित बनेका बेघा समूहले मेयर राई विरुद्ध पनि आक्रमण प्रयास गरेपछि धरानको स्थिति तनाव ग्रस्त छ।

प्रहरीले स्थिति नियन्त्रणमा लिइरहेको छ । दुई पक्षबीच विवाद भएर झडपको अवस्था सिर्जना भएपछि प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

मंगलबार भने बेघा पक्षधर उपमहानगर परिसरमा जम्मा भएर साम्पाङ पक्षको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077