Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

राज्यले मलाई दोषी करार गर्न खोज्यो, अदालतले न्याय दियो : रवीन्द्र मिश्र

राज्यले मलाई दोषी करार गर्न खोज्यो, अदालतले न्याय दियो : रवीन्द्र मिश्र

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

रिहा भएपछि उनले राज्यले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजे पनि अदालतको विवेकपूर्ण निर्णयले न्याय प्रणालीमाथिको विश्वास बढाएको प्रतिक्रिया दिए ।

‘अदालतले न्याय दिएकोमा.. राज्यले अन्याय गर्दाखेरि पनि अहिलेको परिस्थितिमा अदालत न्याय दिन सक्षम रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि एकदम दृढ विश्वास जगाइदिएको छ,’ उनले भने।

मिश्रले राज्यले आफूहरूलाई दोषी करार गर्न विभिन्न आरोप लगाए पनि अदालतले न्याय दिएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077