काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न मंगलबार साँझ बालुवाटार पुगेकी हुन् ।
पछिल्लो समय राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा तिक्तता आएको टीका टिप्पणी भइरहेका बेला उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
उनीहरुबीच पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिका विषयमा करिब डेढ घन्टा सघन छलफल भएको बताइएको छ ।
भेटमा पूर्वराष्ट्रपति भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी थिइन् ।