Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्ने छ ।

यसैबिच समाजवादी चिन्तक, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डीराज शास्त्रीको पार्थिव शरीरलाई बुधबार बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिँदै छ ।

९० वर्षीय शास्त्रीको सोमबार निधन भएको हो । समाजवादी चिन्तक शास्त्रीले कांग्रेसको राजनीतिक यात्रामा जननायक बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासहित शीर्ष नेतासँग निकटमा रहेर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077