काठमाडौँ । नेकपा एमालेको जनसङ्गठन संयन्त्रको बैठक आज बस्दैछ ।
अहिलेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु हुन लागेको हो । बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्ने भएका छन् ।
हालसालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा रहने छन् ।
पार्टी स्थायी कमिटीका सदस्य एवं जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन गर्नेछन् ।