Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

शास्त्रीको निधनमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय

शास्त्रीको निधनमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले शास्त्रीप्रति उच्च सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइने छ ।

यस्तै, असार ५ गते बिहीबार पार्टीका सबै तहका कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औं दिनमा सम्बन्धित जिल्लामा शोक सभा आयोजना गर्ने निर्णय भएको छ।

शास्त्रीको असार २ गते काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा निधन भएको थियो ।

स्वर्गीय शास्त्री विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय थिए ।

नेपाली कांग्रेसले उनलाई एक बौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञका रूपमा स्मरण गर्दै पार्टीको संगठन निर्माण, प्रजातन्त्रप्रतिको प्रतिबद्धता र समाजवादी विचार प्रवर्द्धनमा उनको योगदानलाई सदा सम्झिने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077