काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगर्न अनुरोध गरेका छन् ।
एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै पौडेलले पार्टीको भावी नेतृत्वबारे अनावश्यक अनुमान नगर्न आग्रह गरेका हुन् ।
विधान महाधिवेशन नै नभइ नेतृत्वबारे अनुमान गर्ने र विभाजित हुने काम नगर्न आग्रह गर्दै पौडेलले भने, ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौंला ।’
एमालेभित्र तुलनात्मक कम समस्या रहेको बताउँदै उनले भने, ‘कतै पनि सग्लो पार्टी भेटिँदैन । धोएको मुला जस्तो । तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो ।’
जे जस्ता समस्या पार्टीमा देखिएपनि समाधान दिन वर्तमान नेतृत्व सक्षम रहेको उनको भनाई थियो ।