Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

डोनाल्ड ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत

बिहिवार , आषाढ ५, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरेका छन् ।

अमेरिकास्थित साझेदार सीबीएस न्यूजका अनुसार आक्रमणको योजना स्वीकृत गरे पनि प्रत्यक्ष सहभागी हुने कि इजरायललाई सहयोग गर्ने भन्ने विषयमा भने निर्णय गर्न बाँकी छ।

सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोत र रक्षा मन्त्रालयका अधिकारीले यसबारे जानकार दिएको उल्लेख गरेको छ । ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्ने सन्दर्भमा सम्भावित कूटनीतिक वार्ताको अवसरका लागि हमलाको निर्णय तत्काल गरेका छैनन् ।

ट्रम्पले हिजो पत्रकारहरुसँगको कुराकानीमा युद्धमा अवस्था परिवर्तन भइरहने भन्दै आफूले अन्तिम क्षणमै अन्तिम निर्णय लिने गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077