Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

उच्चको आदेशसँगै महानगर पुगेर काममा खटिए राजुनाथ पाण्डे

उच्चको आदेशसँगै महानगर पुगेर काममा खटिए राजुनाथ पाण्डे

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार कार्यालयमा पुगेका छन् ।

बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

सोही आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम सुरु गरेका छन् ।

उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।

निलम्बित प्रहरी प्रमुख पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध उच्च अदालत पाटनमा मंगलबार निवेदन दर्ता गराएका थिए ।

यसअघि, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077