Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रेमिकाले गरिन् आफ्नै प्रेमीमाथि छुरा प्रहार

प्रेमिकाले गरिन् आफ्नै प्रेमीमाथि छुरा प्रहार

बिहिवार , आषाढ ५, २०८२

सिरहा । सिरहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमी भनिएका युवकमाथि छुरा प्रहार गरेकी छन् ।

छुरा प्रहारबाट २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएका छन् भने भाग्ने क्रममा लडेर घाइते भएकी किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा महतो हाल वडा नं–४ मा दिनेश साहको घरमा भाडामा बस्दै आएका थिए । उनीमाथि सोमबार साँझ भएको आक्रमणपछि गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

छुरा प्रहारपछि भाग्ने क्रममा लडेर घाइते भएकी किशोरीको पनि लाइफ लङ अस्पतालमा उपचार गरिएको थियो। उपचारपश्चात उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ।

प्रहरीका अनुसार घटना प्रेम सम्बन्धकै कारण भएको आशंका गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077