काठमाडौँ । भारी वर्षापछि काठमाडौँको धोबीखोलामा बाढी आएको छ।
जसका कारण यहाँको करिडोरका सडक डुबानमा परेका छन्। सवारीसाधनहरू आवागमनमा अवरोध सिर्जना भएको छ।
सुरक्षाकर्मीहरू परिचालन गराई सो क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।
शुक्रबार साँझ धोविखोला कपन जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।