Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपाली कालिगडलाई सहयोगी बनाएर एक करोड बढीका अवैध गहनासहित भारतीय नागरिक पक्राउ

नेपाली कालिगडलाई सहयोगी बनाएर एक करोड बढीका अवैध गहनासहित भारतीय नागरिक पक्राउ

शनिवार , आषाढ ७, २०८२

काठमाडौं । भारतबाट सुनका गरहगना अवैध रुपमा ल्याएर नेपाली बजारमा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

भारतबाटै तयार पारिएका गहना अवैध रुपमा नेपाल भित्र्याउने र पोखरा, बुटवलजस्ता सहरमा बिक्री गर्ने गरेका ४९ वर्षीय न्यू प्रताप नगर जिटी रोड अमृतसर–१ पञ्जाबका कुलदीप सिंह र तिलोत्तमा नगरपालिका–१६ पूर्वबहियाका ४७ वर्षीय रामबहादुर विक पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

उनीहरुले पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ८२ तोला बढी सुनचाँदीका गरहगना फेला परेका छन् । दुवै जना चुनचाँदीका गरहगना बनाउने कालिगड हुन् ।

पञ्जापका सिंहले भारतमै सुनचाँदीका गहना बनाउने काम गर्थे भने विकले नेपालमा । विकले सिंहको सहयोगीका रुपमा नेपाली बजारमा सुन ल्याएर बिक्री गर्न सघाउने गरेका थिए ।

भारतीय नागरिक सिंह ३ वर्ष पहिलेदेखि नै विकसँग फेसबुकमा साथी रहेको पाइएको छ ।

‘दुवै जना सुनको काम गर्ने भएकाले उनीहरुले गहना ल्याएर नेपाली बजारमा बिक्री गर्ने सल्लाह गरेको पाइएको छ ।

कुलदीप पछिल्लो समयमा भारतमा युपि, गोरखपुर, बिहार, उडिसा, दिल्ली हरियाणालगायतका स्थानमा सुनका गरगहना बेच्दै हिँड्ने गरेको प्रहरीले बताएको छ ।

नेपालका बिकलाई सहयोगी बनाएर यहाँका सहरमा बिक्री गर्ने योजना बनाएको देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सिंह र बिक ४ गते पोखरा आएर गरगहना बिक्री गर्न पसल–पसल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077