Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इरानद्वारा अमेरिकाले हमला गरेको पुष्टि, नेतान्याहू भन्छन् - ट्रम्पको आक्रमणले इतिहास बदल्नेछ

इरानद्वारा अमेरिकाले हमला गरेको पुष्टि, नेतान्याहू भन्छन् - ट्रम्पको आक्रमणले इतिहास बदल्नेछ

आइतवार , आषाढ ८, २०८२

एजेन्सी । अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको इरानले पुष्टि गरेको छ । कोम प्रान्तको विपद् व्यवस्थापन प्रवक्ता मोर्तेजा हेयदारीले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा अमेरिकाले आक्रमण गरेको बताएका हुन् ।

प्रवक्ता मोर्तेजा हेयदारीलेभने, फोर्डो आणविक स्थलको एक भागमा हवाई आक्रमण गरिएको छ।

इस्फहानका उप-गभर्नर अकबर सालेहीले भने, ‘नातान्ज र इस्फहाननजिकै धेरै विस्फोट सुनिएका थिए, हामीले नातान्ज र इस्फहानका आणविक स्थलनजिकै आक्रमण देख्यौँ।’

यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको आणविक केन्द्रमा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले ‘इतिहास बदल्ने दाबी गरे ।

‘राष्ट्रपति ट्रम्पलाई बधाई छ, संयुक्त राज्य अमेरिकाको अद्भुत र धार्मिक शक्तिले इरानको आणविक सुविधाहरूलाई लक्षित गर्ने तपाईंको साहसिक निर्णयले इतिहास बदल्नेछ,’ नेतान्याहूले भिडियो वक्तव्यमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077