Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

३१ दिनसम्म खाली खुट्टा हिँडेर काठमाडौं आइपुगेका बोहरालाई भेटे प्रधानमन्त्रीले

३१ दिनसम्म खाली खुट्टा हिँडेर काठमाडौं आइपुगेका बोहरालाई भेटे प्रधानमन्त्रीले

आइतवार , आषाढ ८, २०८२

काठमाडौं । कर्णालीका सामाजिक अभियन्ता नवराज बोहराले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

सुर्खेतबाट खाली खुट्टा हिँड्दै कर्णालीको सुशासन, विकास, वातावरणीय सन्तुलन र पशु संरक्षण जस्ता विषयमा जनचेतना फैलाउने उद्देश्यले यात्रा सुरु गरेका बोहरा ३१ दिनको यात्रापछि असार ३ गते काठमाडौं आइपुगेका थिए।

बोहराले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आफ्नो अभियानका अनुभव, बालबालिकालाई उपचार नपाएको समस्या लगायत जनजीविका सम्बन्धी विविध विषयमा अवगत गराएका थिए। प्रधानमन्त्री ओलीको कार्यव्यस्तताको कारण सोही दिन नभई केही दिनपछि आइतबार भेट सम्भव भएको हो।

प्रधानमन्त्री ओलीले बोहराको अभियानको सराहना गर्दै यस्ता अभियानहरू पवित्र भावका साथ सञ्चालन गर्न सुझाव दिएका थिए। साथै, शरीरलाई अनावश्यक पीडा नदिई स्वास्थ्य र परिवारको पनि ख्याल गर्न आग्रह गरेका थिए।

भेटपछि बोहराले प्रधानमन्त्री समक्ष आफ्ना कुराहरू राख्न पाउँदा खुशी व्यक्त गर्दै पहिलो चरणको अभियान सम्पन्न भइसकेको र अब नयाँ स्वरूपमा अगाडि बढ्ने बताएका छन्। उनले अब जुत्ता लगाउने, दाह्री काट्ने र नयाँ रूप लिएर अभियानलाई निरन्तरता दिने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077