काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) ले इरानबाट इजरायलतर्फ नयाँ चरणको मिसाइल आक्रमण सुरु गरेको छ ।
आईडीएफका अनुसार केही बेरअघि इरानबाट इजरायलतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रहरूको पहिचान भएपछि इजरायलका विभिन्न क्षेत्रमा साइरन बजाइएको हो ।
इजरायली सञ्चार माध्यमका अनुसार सैन्य अधिकारीहरूले सुरक्षा प्रणालीहरू सक्रिय अवस्थामा रहेको र सर्वसाधारणलाई तुरुन्तै सुरक्षित स्थानमा जान निर्देशन दिएका छन्।
केही व्यक्तिहरू सुरक्षित स्थानतर्फ जाँदै गर्दा सामान्य चोटपटक लागेको बताइएको छ ।