Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षा मन्त्री पन्तले भने - सरकार समस्या बल्झाउनेतर्फ छैन, सहमति अनुसार ऐन जारी हुन्छ

शिक्षा मन्त्री पन्तले भने - सरकार समस्या बल्झाउनेतर्फ छैन, सहमति अनुसार ऐन जारी हुन्छ

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक संघ संगठनसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले समन्वय गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शीर्षकमा उठेका विषयहरूका संसदमा जवाफ दिँदै मन्त्री पन्तले शिक्षकसँग भएको सहमति कार्यान्वयन हुने बताए ।

उनले भने, राज्यसँग उपलब्ध स्रोत साधनलाई समेत ख्याल गरेर उपाय निकालौँ। यो सरकार समस्या बल्झाउनेतर्फ उन्मुख छैन।’

‘विभिन्न सरकारका पालामा शिक्षकका सङ्घ सङ्गठनसँग भएका सम्झौता बमोजिम ऐन ल्याउने विषयमा सबैको एकमत भएको जानकारी गराउँदै उनले उपसमितिले दिएको प्रतिवेदन र विभिन्न समयमा भएका सम्झौताका विषयहरू समेट्ने गरी मन्त्रालयले साझा धारणा निर्माण गरेर समितिमा प्रस्तुतगरिने बताए ।

सबैको सहयोग भएमा समयमै ऐन जारी गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077