Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले नयाँ उपकुलपति नियुक्तिका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ । विश्वविद्यालयको १०१ औँ सिनेट बैठकले उपकुलपति सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल स्वयं रहेका छन् । सदस्यहरूमा रेशु अर्याल ढुंगाना र प्रा। डा। सुरेशराज शर्मा रहेका छन् । ढुंगाना राष्ट्रिय योजना आयोगकी सदस्य हुन् भने शर्मा काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् ।

गठित समितिले उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूको छनोट गरी सिफारिस गर्नेछ । यससँगै विश्वविद्यालयको नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077