Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

विष्णुमति खोलामा खसेको कारबाट महिलाको उद्धार, चालकले हाम फालेर ज्यान जोगाए

विष्णुमति खोलामा खसेको कारबाट महिलाको उद्धार, चालकले हाम फालेर ज्यान जोगाए

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । गएराति वर्षाका कारण बढेको विष्णुमति खोलामा खसेको कारबाट एक महिलाको उद्धार गरिएको छ ।

टोखा नगरपालिका–६ स्थित ग्रान्डी अस्पताल पछाडि सडकबाट फिस्लिँदै गएको बा.प्र.०१–०३१ च ६१४१ नम्बरको निजी कार खोलामा खसेपछि कार चालक धुम्बाराहीका अंकुश सिंहले तत्काल हाम फालेर ज्यान जोगाएका थिए । तर, कारमा सवार टोखाकै भावना ओली भने गाडीभित्रै थिइन् ।

गाडीसहित बगिँदै बाँनियाटार पुलसम्म पुगेकी ओलीलाई गाडी अड्किएको अवस्थामा प्रहरी र स्थानीयवासीको साहसिक प्रयासमा उद्धार गरिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

उद्धारपछि गम्भीर अवस्थामा रहेकी ओलीलाई ग्रिनसिटी अस्पताल पठाइएको छ । उद्धार अभियानमा खटिएका प्रहरी र स्थानीय केही व्यक्ति समेत सामान्य घाइते भएका छन्।

दुर्घटनापछि क्रेनको सहायताले गाडी खोलाबाट निकालेर नयाँ बसपार्क प्रहरी प्रभागमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077