Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

अब माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध हो : प्रचण्ड

अब माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध हो : प्रचण्ड

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले अब ‘नयाँ युद्ध’ को थालनी गरेको घोषणा गरेका छन् ।

बिहीबार अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले हतियारको लडाइँ सकिए पनि प्रणालीभित्र रहेका अदृश्य शत्रुहरूविरुद्धको संघर्ष अब सुरु भएको बताए । उनले कर्मचारीतन्त्र, दलाल पुँजीवाद र बिचौलियाहरूलाई मुख्य तारो बनाएका छन् ।

प्रचण्डले युद्ध र क्रान्तिबाट राजनीतिक प्रणाली परिवर्तन गरे पनि राज्य संयन्त्र (कर्मचारीतन्त्र, न्यायालय) पुरानै अवस्थामा रहेकाले जनताको पक्षमा ल्याइएका ऐन कानुन समेत कार्यान्वयन हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077