काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको बताएका छन् ।
बिहीबार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो बताएका हुन् ।
उनले अहिलेको राजनीतिक नेतृत्वले बोल्ने र भाषण गर्ने तर कर्तव्यबाट भाग्ने काम गरेको आरोप लगाए ।
अहिलेको राजनीतिक नेतृत्व व्यवहारिक हुन जरुरी रहेको उनको भनाइ छ ।