Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक आज

एकीकृत समाजवादीको सचिवालय बैठक आज

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बैठक बस्न लागेको हो ।

बैठकमा सांगठनिक र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने तयारी रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको समेत संलग्नता किटान गर्दै दायर गरेको मुद्दामा बुधबार राति विशेष अदालतले फैसला सुनाउँदै ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

पतञ्जली जग्गा भ्रष्टाचारमा अध्यक्ष नेपाल धरौटीमा रिहा भएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077