Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

तोकिएको मितिमै महाधिवेशन हुन्छ : सभापति देउवा

तोकिएको मितिमै महाधिवेशन हुन्छ : सभापति देउवा

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने बताएका छन्।

बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले महाधिवेशन समयमै हुने बताएका हुन्।

सभापति देउवाले गृहमन्त्रीविरुद्ध भिजिट भिसा प्रकरणमा झुटा आरोप लगाउने प्रयास भइरहेको बताएका छन्।

उनले एमाले र कांग्रेस फरक पार्टी भएकाले सबै विषयमा सहमति नहुनु स्वाभाविक भएको तर्क पनि गरे।

उनका अनुसार कांग्रेसको आग्रहमा ‘टेक एन्ड पे’ हटाइएको हो, र यसलाई सामान्य रूपमा बुझ्नुपर्ने उनले बताए।

देउवा चितवनमा कांग्रेस नेतृ तथा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागी हुन पुगेका थिए।

सभामा कांग्रेसका अन्य शीर्ष नेताहरूको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077