Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

पार्टीको रोग पत्ता लागेको भन्दै देउवाले भने–पार्टीलाई एक बनाएर राजनीतिबाट रिटायर्ड हुन्छु

पार्टीको रोग पत्ता लागेको भन्दै देउवाले भने–पार्टीलाई एक बनाएर राजनीतिबाट रिटायर्ड हुन्छु

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिको रिटायर्ड हुन लागेको बताउँदै पार्टीलाई एक बनाएर जाने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कांग्रेसकी नेतृ प्रजातान्त्रिक आन्दोलनकी योद्धा गौरीदेवि प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले आफू रिटायर्ड हुँदै गर्दा पार्टीलाई एक बनाएर जाने प्रतिबद्धता जनाएका हुन् ।

उनले पार्टीमा एकले अर्कोलाई अन्तर्घात गर्ने रोगले बहुमत ल्याउन नसकिएको बताए ।

देउवाले भने–‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो । हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ । म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’

सभापति देउवाले समावेशी समानुपातिक संविधान राम्रो भएको बताए ।

संविधानको व्यवस्थाअनुसार कुनै पार्टी एक्लैले बहुमत ल्याउन गाह्रो हुने बताउँदै उनले अर्को पार्टीसँग गठबन्धन गर्नु बाध्यात्मक अवस्था भएको उल्लेख गरे ।

२००६ सालदेखि कांग्रेसमा लागेर प्रजातान्तिक लडाइमा होमिएकी गौरीदेवीको गत शनिबार निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077