Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

घरमा बाढी पस्दा श्रीमती बेपत्ता श्रीमान घाइते, कुकुरसहितको टोली परिचालन

घरमा बाढी पस्दा श्रीमती बेपत्ता श्रीमान घाइते, कुकुरसहितको टोली परिचालन

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । नुवाकोटको ककनीमा कोल्पु खोलाको बाढीले एक जना महिलालाई बगाएको छ भने एक जना घाइते भएका छन् ।

ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन् ।

बाढीमा परेर उनको श्रीमान ३६ वर्षीय अशोक बलामी घाइते भएको नुवाकोट प्रहरीले जनाएको छ ।

उनको उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उनको खोजी भइरहेको जनाइएको छ ।

यसैबीच, बेपत्ता भएकी महिलाको खोजीकार्यका लागि कुकुरसहितको टोली परिचालन भएको छ ।

उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा ७ जना सुरक्षाकर्मी सहित २ वटा सर्च एन्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बेपत्ता व्यक्तिको खोजीकार्य तथा उद्धारका लागि शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेडाँडाबाट ६५ जना सुरक्षा फौज परिचालन भएको उनले बताए ।

बाढीले सोही ठाउँमा रहेको ३ वटा गोठ समेत बगाउँदा केही पशुचौपाय समेत बगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077