Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा फेरि विदेश भ्रमणमा, इटाली प्रस्थान

परराष्ट्रमन्त्री राणा फेरि विदेश भ्रमणमा, इटाली प्रस्थान

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औं सत्रमा सहभागी हुन इटाली प्रस्थान गरेकी छन् ।

जुन २८ देखि जुलाई ४ सम्म रोममा आयोजना हुने उक्त सम्मेलनमा सहभागी हुन उनी शुक्रबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट इटालीतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च पदस्थ अधिकारीहरूले विमानस्थलमा बिदाइ गरेका थिए । मन्त्री राणाले सम्मेलनका प्रमुख सत्रहरूका साथै अन्य उच्चस्तरीय कार्यक्रमहरूमा नेपाल सरकारको तर्फबाट सम्बोधन गर्नेछिन् ।

परराष्ट्रमन्त्री राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, परराष्ट्र मन्त्रालय तथा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उच्च अधिकारीहरू सहभागी छन् ।

एफएओ सम्मेलनपश्चात् मन्त्री राणा मिलान (इटाली), ह्याम्बर्ग र बर्लिन ९जर्मनी० मा लगानी बोर्ड नेपालले आयोजना गर्ने कार्यक्रमहरूमा समेत सहभागी हुनेछिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077