काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो ।
प्रधानमन्त्री ओली भोलि स्पेन प्रस्थान गर्दैछन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जान लागेका हुन् । उनी २० गते स्वदेश फर्किने कार्यतालिका छ ।