Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एक मात्रै सांसद रहेको जसपाले लुम्बिनी सरकारबाट लियो समर्थन फिर्ता

एक मात्रै सांसद रहेको जसपाले लुम्बिनी सरकारबाट लियो समर्थन फिर्ता

शुक्रवार , आषाढ १३, २०८२

बुटवल । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको औचित्य सकिएपछि समर्थन फिर्ता दिइएको पार्टीले जनाएको छ ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पार्टीको तर्फबाट प्रदेश सभा सदस्य रहेकी अम्बिका काफ्लेले बताइन् ।

८७ सदस्यीय प्रदेश सभामा जसपा नेपालबाट काफ्ले एकजना मात्रै सांसद थिइन् । पार्टी विभाजनपछि अरू सांसद अशोक राई नेतृत्वको जसपामा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077