Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको एकीकृत समाजवादीको निष्कर्ष

माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको एकीकृत समाजवादीको निष्कर्ष

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि दायर गरिएको भ्रष्टाचार मुद्दा नियोजित राजनीतिक प्रतिशोध भएको निष्कर्ष निकालेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय, आलोपोखरीमा बसेको सचिवालय बैठकले पतञ्जली जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा लगाइएको निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष प्रकाश ज्वालाले पार्टी विभाजनपछिको राजनीतिक विद्वेषका कारण अध्यक्ष नेपालमाथि प्रहार गरिएको बताए ।

“हामीले विद्रोह गरेर नयाँ पार्टी जन्माएका हौं। त्यसयता निरन्तर निसानामा पारिएको छ,” उनले भने, “त्यही मानसिकता बोकेका समूहहरूले अध्यक्षमाथि षड्यन्त्रपूर्वक मुद्दा लगाएका हुन्।”

उनले पतञ्जली प्रकरणमा अध्यक्ष नेपाल कानुनी लडाइँ लडिरहने बताए । साथै, अध्यक्ष नेपालले जिम्मेवारीबाट राजीनामा दिने वा नदिने विषयमा हालसम्म कुनै औपचारिक छलफल नभएको स्पष्ट गरे। “उहाँ बैठकको अध्यक्षता गर्नुभएको छ। संसदीय दलको बैठकबाट नेताबारे छलफल होला, तर अहिले केही भएको छैन,” उनले जानकारी दिए।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गत बुधबार थुनछेक बहसपछि विशेष अदालतले अध्यक्ष नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077