Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एसईईमा ग्रेड प्राप्त विद्यार्थीहरूलाई प्रधानमन्त्री ओलीले दिए बधाई

एसईईमा ग्रेड प्राप्त विद्यार्थीहरूलाई प्रधानमन्त्री ओलीले दिए बधाई

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ग्रेड प्राप्त गरेका सबै विद्यार्थीलाई बधाई दिएका छन् ।

उनले आफ्नो आधिकारिक फेसबुकमार्फत् सन्देश दिँदै यस वर्षको नतिजालाई सकारात्मक संकेतका रूपमा व्याख्या गरेका हुन् ।

प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्, “यसवर्ष ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ, जुन गत वर्षको ४७.८६ प्रतिशतभन्दा उल्लेखनीय सुधार हो। बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ।”

उनले ग्रेड नपाउने विद्यार्थीहरूलाई पनि निराश नहुन आग्रह गर्दै लेखेका छन्, “यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ।” प्रधानमन्त्रीले ग्रेड प्राप्त नगरेका ५२.४ प्रतिशत विद्यार्थीप्रति पनि सहानुभूति व्यक्त गर्दै थप प्रयासका लागि प्रेरित गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077