काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ग्रेड नपाएका विद्यार्थीहरूलाई निराश नहुन बग्रह गरेका छन् । ग्रेड पाएका ६१.८१ प्रतिशत विद्यार्थीहरूलाई बधाई दिँदै प्रचण्डले ग्रेड नपाएका विद्यार्थीहरूलाई निराश नहुन भनेका हुन् ।
'एसईई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थी भाईबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना ! यसको लागि तपाईंहरूको मेहनत, लगनशीलता र दृढ संकल्पमा साथ दिने शिक्षकरशिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार प्रकट गर्दछु। अपेक्षित नतिजाबाट बञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रहसहित आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दछु', प्रचण्डले फेसबूकमा लेखेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् ।
आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।