काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ ।
बैठक बिहान ९ बजे सङ्घीय संसद् भवनस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।
बैठकमा भिजिट भिसा प्रकरणमा अबको रणनीतिका बारेमा छलफल हुनेछ ।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ ।