Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एलिना र समिक्षाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने - साहसी छोरीहरू

एलिना र समिक्षाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने - साहसी छोरीहरू

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले गायिकद्वय एलिना चौहान र समिक्षा अधिकारीको प्रशंसा गरेका छन् ।

आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्बिर, नाम र फेसबुक आइडी सार्वजनिक गरिरहेका चौहान र अधिकारीको अभियानलाई साहसी काम भन्दै प्रधानमन्त्रीले उनीहरूको प्रशंसा गरेका हुन् ।

ओलीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्ने बताए ।

उनले समाजलाई उत्तेजनाले 'गाइड' गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ुगाली गर्नेहरूलाई सार्वजनिक गरिदिनेु दुई गायिकाको तरिका सही लागेको जिकिर गरे। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको उल्लेख गर्दै ओलीले राम्रो गर्न खोज्नेले हिम्मत हार्नु नहुने बताए।

प्रधानमन्त्री ओलीले लेखेका छन्, 'आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले 'गाइड' गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ुगाली गर्नेहरूलाई सार्वजनिक गरिदिनेु यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।'

समीक्षा अधिकारी र एलिना चौहान पछिल्लो समय टिकटक तथा सामाजिक सञ्जालमा अनावश्यक गाली र टिप्पणीहरूको सिकार बनिरहेका थिए । त्यसको प्रतिवादस्वरूप उनीहरूले आक्रामकशैलीमा आलोचकहरूलाई जवाफ दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077